Incident Reports

कुटपिट गरेको भन्दै ज्वाइँ विरुद्ध प्रहरीमा उजुरी l

2014-03-05

Province 1, Dhankuta, Dhankuta

Santosh Ruchal धनकुटा नपा-७ की ४५ वर्षीया फूलमाया भुजेलले बहिनीज्वाइ ३५ वर्षीय कमल भुजेलले कुटपिट गरेको भन्दै कारबाहीको माग सहित फागुन २१ गते प्रहरीमा उजुरी दिएकी छन् । आरोपितले मादक पदार्थ सेवन गरी विनाकारण फागुन २० गते फलामको बेल्चाले हानेर दाहिने हातको पातामा गम्भीर असर पर्ने गरी कुटपिट गरेपछि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले बताईन् । कुटपिट भएपछि दाहिने हात चलाउन समस्या भएको पनि उनले बताईन् । बहिनी ज्वाइँको घर नजिक एक वर्षदेखि डेरा बस्दै आएकी फूलमायाले ज्वाइँले बारम्बार मादक पदार्थ सेवन गरी आफू र बहिनीलाई समेत कुटपिट गर्ने गरेको बताईन् । घटनापछि फरार रहेका आरोपितलाई गिरफ्तारका लागि आदेश दिईएको भए पनि हालसम्म आरोपित फेला नपरेको जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेल प्रमुख सोमा तामाङले बताईन् । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis