Incident Reports

धनकुटामा संखुवासभाका एम्बुलेन्स चालकमाथि कुटपिट

2020-05-31

Province 1, Dhankuta, Mahalaxmi, Ward 6

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाका एम्बुलेन्स चालक माथि कुटपिट भएको छ । बिराटनगर बिरामी पुर्याएर खाँदबारी फर्कदै गरेको बा १९ च ९६८६ नम्बरको एम्बुलेन्स चालक योगेन्द्र घलेलाई धनकुटाका दुई युवाहरुले गालीगलौज गर्दै कुटपिट गरेका हुन् । 

आइतबार साँझ बिरामी पुर्याएर फर्कंदै गर्दा दुई युवाले मादक पदार्थ सेवन गरेका महालक्ष्मी नगरपालिकाका वडा नं ६ का सन्तोश कार्की र विवेक ढकालले कुटपिट गरेको चालक घलेले बताए । कार्की र ढकालले बिना कुनै कारण गाडीको कागजात मागेको र आफुले कागजात देखाउँदा समेत उनीहरुले हातपात गरेको चालक घलेले बताए । कार्की र ढकाललाई आइतबार साझ नै पक्राउ गरिएको लेगुवा प्रहरी चौकीका असई तर्क वहादुर अधिकारीले बताए । 

एम्बुलेन्स चालक घलेलाई कुटपिट गरेको भन्दै संखुवासभा एम्बुलेन्स चालक संघ आपत्ती जनाएको छ । एम्बुलेन्स चालकमाथि कुटपिट गर्ने युवालाई कडा कारवाही गर्ने एम्बुलेन्स चालक संघ संखुवासभाका अध्यक्ष भक्त बहादुर राईले माग गरेका छन् । 

 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media , INSEC

0 Comments

Related Reports