Manohar Kumar Pokharel
विषहरिया गाविस-२ दमावतीकी ७० वर्षीया लुचियादेवी दासलाई सोही ठाउँका ३७ वर्षीय श्रीलाल खंग, निजका दाजु ४० वर्षीय बिन्दु खंग र बिन्दुका छोरा २४ वर्षीय राजाराम खंग मण्डलले बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा फागुन २५ गते उजुरी दिएकी छन् ।
पीडितले आरोपितहरूमाथि कानुनी कारबाही र शान्ति सुरक्षाको व्यवस्थाको माग गर्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । महिला तथा बालबालिका सेलले घटनाको अनुसन्धानका लागि आरोपितहरूलाई बोलाई छलफल गरिने जनाएको छ ।
आरोपितहरूले पटक-पटक कथित बोक्सीको झुठा आरोपमा गालीगलौज गर्दै आएकोमा फागुन २४ गते दिउँसो १ बजे छिमेकका बालबालिकालाई बोक्सी लगाई ज्यान मार्ने भन्दै कुटपिट गरेको पीडितले बताइन् ।
पीडितलाई जोगाउन खोज्दा निजकी बुहारी ४० वर्षीया अरुलिया देवी दास र नाती १८ वर्षीय अमित कुमार दासलाई समेत आरोपितहरूले लातमुक्काले कुटपिट गरेको अमितले बताए । मनोहर कुमार पोखरेल