Incident Reports

नवलपरासीमा ४ वर्षीया बालिकामाथि बलात्कार

2020-05-31

Lumbini, Nawalparasi West, Sarawal, Ward 4

नवलपरासीको मंगलापुरमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन्।

जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई स्थानीय २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए।

आफू नुहाउन गएको समयमा घरमा छोरी एक्लै भएको मौका छोपी आइतबार दिउँसो ३ बजेतिर बलात्कार गरेको बालिकाकी आमाले बताइन्। घरमा खेलिरहेकी बालिकालाई मिठाई दिएर बलात्कार गरेको आमाले बताइन्।

सहानी यसअघि पनि घरमा आउने जाने गर्दथे। छोरी रोएको सुन्नासाथ आफू त्यहाँ पुग्दा सहानी घरबाट फरार भइसकेको आमाले प्रहरिसामु बताएकी छन्।

छोरीको अवस्था देखेपछि उनले उपचारका लागि मंगलापुर स्वास्थ्य चौकी लगेकी थिइन्। स्वास्थ्य चौकीबाट वडाअध्यक्ष छोटेलाल यादवकोे समन्वयमा प्रहरीलाई खबर गरिएको अध्यक्ष चौधरीले बताए।

बालिकाको अवस्था गम्भीर देखेपछि स्वास्थ्य चौकीबाट पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको थियो। बालिकाको अहिले अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

सहानी र बालिकाको परिवार आफन्त रहेको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments