Incident Reports

बलात्कार प्रयासका आरोपित थुनामा l

2014-03-08

Bagmati, Makawanpur, Bakaiya, Ward 1

Pratap Bista महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश दीपेन्द्र अधिकारीको फागुन २३ गते बसेको इजलासले ५० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा धियालस्थित ब्रम्हकाली निमाविका शिक्षक ३६ वर्षीय पाँचु ठाकुरलाई थुनामा राख्ने आदेश दिएको हो । बोल्न नसक्ने महिलालाई स्थानीय खोलाको बगरमा फागुन १७ गते बेलुका बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ठाकुरलाई फागुन १८ गते गिरफ्तार गरेको थियो । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis