Incident Reports

सीमा अतिक्रमण र एमसीसीको विरोध : ड्रोनले झन्डा उचाल्यो, रोबर्टले प्लेकार्ड

2020-06-02

Bagmati, Chitawan, Bharatpur

चितवन — सीमा अतिक्रमण र अमेरिकासँगको एमसीसी सम्झौताका विरोधमा मंगलबार चितवनमा विरोध प्रदर्शन गरिएको छ । विरोध कार्यक्रममा ड्रोन र रोबोर्ट पनि सामेल भए । भारतले गरेको सीमा मिचेको विरोधमा ड्रोनले नेपाली राष्ट्रिय झन्डा उचाल्यो । रोबर्ट प्लेकार्ड बोकेर जुलुसमा हिँड्यो । 

भरतपुरको हाकिम चोकमा जम्मा भएका स्थानीयहरु रोबर्ट र ड्रोनसँगै जुलुस निकालेर ३ सय मिटरको दूरीमा रहेको भरतपुरको केन्द्रीय बसपार्कसम्म पुगेका थिए । त्यहाँ आयोजित संक्षिप्त सभामा सीमा अभियानका विषयमा जानकारहरुले मन्तव्य राखेका थिए । फेसबुक लगायतका सामाजिक सञ्जालबाट जोडिएका युवाहरुले तयार पारेको ‘क्लेम द बोर्डर’नामक अभियानले उक्त कार्यक्रम आयोजना गरेको हो । भरतपुर महानगरपालिका–११ घर भइ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा इलेक्ट्रिक इन्जिनियरिङ पढ्दै गरेका युवा विद्यार्थी पवन पौडेलले तयार पारेको हो । विद्यार्थी पौडेल ‘क्लेम दि बोर्डर’ अभियानका सक्रिय व्यक्ति पनि हुन् । युवाहरुलाई देशप्रति संवेदनशील हुन आफूहरुले अभियान सुरु गरेको उनले बताए । ‘सीमा अतिक्रमण सहन नसकिने विषय हो । एमसीसी नेपालमा निकै विवादित बन्यो । देशमा जनमत विभाजित छ । यसका विभिन्न प्रवधानहरु देशको पक्षमा पनि देखिएका छैनन् । त्यसैले एमसीसी नेपालमा लागु हुनुहुन्न भन्ने हाम्रो अभिमत रहेको छ’ पौडेलले भने ।  विरोध कार्यक्रममा ड्रोनले उडाएको झन्डा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग हो भनेर उच्चपदस्त अमेरिकी अधिकारीहरुले भनेको हुँदा यस्तो सम्झौता नेपालको हितमा नरहेको उनले बताए । प्रावधिक विषय अध्ययनमा संलग्न विद्यार्थी पनि देशका जल्दाबल्दा विषय र समस्याहरुप्रति जानकार छन्, उनीहरुले आफ्नै तरिकाले विरोध अभियान चलाउन सक्छन भन्ने सन्देश दिन ड्रोन र रोबोर्टको प्रयोग जुलुसमा गरेको पौडेलले बताए । समापन कार्यक्रममा बोल्दै पुराना कम्युनिष्ट नेता तथा सिमानाका विषयमा जानकार साध्यबहादुर भण्डारीले युवा विद्यार्थीले फरक शैलीमा कार्यक्रम गरेर समाजलाई झकझक्याएको धारणा राखे । ‘अहिलेको युवा देश र समाज प्रति संवेदनशील भएन भन्ने गुनासो छ । तर त्यस्तो हैन । उहाँहरु आफ्नै तरिकाले देश र समाजको हितमा लाग्नु भएको हुन्छ । आजको कार्यक्रम त्यसैको उदाहरण हो’ भण्डारीले भने । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments