Incident Reports

विप्लव कार्यकर्ताले जलाए एमसीसी सम्झौता

2020-06-02

Lumbini, Rupandehi, Butwal

२१ जेठ, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौता बुटवलमा जलाएका छन् ।

सम्झौताको ७७ पृष्ठको नेपालीप्रति बुटवलको देवीनगरमा मंगलबार साँझ जलाइएको हो ।

सम्झौता जलाउँदै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज संगम पुनले एमसीसी देशको लागि घातक हुने दावी गरे । उनले संसदबाट एमसीसी पारित गरे पनि कार्यक्रम संचालन हुन नदिने घोषणा गरे ।संसदबाट एमसीसी पारित गरे पनि कार्यक्रम संचालन हुन नदिने घोषणा गरे ।

लुम्बिनी ब्युरोका नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा र कपिलवस्तु जिल्लामा समेत एमसीसी सम्झौता जलाइएको विप्लव समूहले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments