Incident Reports

भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक पक्राउ

2020-06-03

Bagmati, Bhaktapur, Bhaktapur, Ward 2

भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने काभ्रे पनौती नगरपालिका-४ घर भई भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने  ३१ वर्षका मोहन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

ती बालिका फुपू-फुपाजूसँग बस्दै आएकी थिइन्। फुपू फुपाजू गलैंचा कारखानामा काममा गएको मौकामा तामाङले आफ्नै कोठामा बसेकी बालिकाको मुख थुनी उम्किन नदिई जबरजस्ती करणी गर्न लागेका थिए। सोहीले बेला बालिकाको फुपाजू पुगेपछि तामाङ ‍फरार भएका थिए।

खबर पाउने बित्तिकै प्रहरीले खोजतलास गरी तत्कालै नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

उनीमाथि अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप गरिसकेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments