Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-02

Lumbini, Dang, Ghorahi, Ward 11

१८ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  घोराही उपमनपा–११ का १८ वर्षीय कृष्ण पुनलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई विवाहको प्रलोभन देखाएर  ०७७ जेठ ६ देखि १२ गतेसम्म बलात्कार गरेको र औषधि सेवन गराएर  भुर्ण हत्या गराएको भन्दै पीडत पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितलाई यस अघि प्रेमको प्रलोभन देखाएर  घोराही उपमनपा–१० का २० वर्षीय मिलन बुढाथोकीले ०७६ कात्तिकमा बलात्कार गरेको र बलात्कारका कारण गर्भवती भएको  पीडित पक्षले बताउनु भएको छ  । विवाहको प्रलोभन देखाएर गर्भवती महिलालाई  घरमा राखेका कृष्ण पुनले औषधि सेवन गराएपछि जेठ ८ गते उमेर नपुगेका शिशुलाई  जन्म दिनु भएको थियो ।

जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आसियुमा राखेर उपचार गर्दागर्दै शिशुको मृत्यु भएपछि पीडित पक्षले आरोपित  पुन विरूद्ध बलात्कार  र भ्रुण हत्या तथा मिलन बुढाथोकी विरूद्ध बलात्कारको उजुरी दिनु भएको थियो । आरोपित मिलन फरार रहेको प्रहरीले जनाएको छ ।

पीडितको  स्वास्थ्य परीक्षण र  उपचार  जेठ २० गते राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।

 

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments