Incident Reports

कुटपिटबाट आफ्नै दाजुको हत्या गरेको अभियोगमा पक्राउ

2020-06-03

Lumbini, Rupandehi, Gaidahawa, Ward 2

रुपन्देही, २२ जेठ २०७७

कुटपिटबाट आफ्नै दाजुको हत्या गरेको अभियोगमा गैडहवा गाउँपालिका-२ पडौरा बस्ने १९ वर्षीय शिवचन्द केवटलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । शिवचन्दले मादक पदार्थ सेवन गरी सामान्य विवादमा बाँसको चिर्पटले दाजु २५ वर्षीय जवाहिर केवटलाई टाउकोमा हान्दा गम्भीर घाइते भएका थिए । तत्काल उपचारको लागि लोण्डिया स्वास्थ्य क्लिनिक लगेकोमा थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालतर्फ लैजान क्लिनीकले सुझाव दिएपछि फर्काएर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।      

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website

0 Comments

Related Reports