Incident Reports

जुम्लामा विप्लव नेकपाका कार्यकर्ता पक्राउ

2020-06-06

Karnali, Jumla, Sinja, Ward 1

जुम्ला- जुम्लामा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताए ।

उनलाई सिञ्जामा मसाल जुलुस गरी विभिन्न नाराबाजी गर्दै मसाल जुलुस गरेको समयमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका रोकायालाई अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments