Incident Reports

बर्दियामा आक्रोशित समूहले गर्यो सप्लार्यसमा आगजनी

2020-06-08

Lumbini, Bardiya, Rajapur, Ward 6

बर्दिया । आफन्तले ज्यान गुमाएपछी उचित क्षतिपुर्ति नपाएको भन्दै आक्रोशित भिडले बर्दियाको राजापुर ६ टपरामा रहेको न्यू वर्षा सप्लार्यसमा आगजनी गरेको छ । 

दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुले आफुहरुको मागको उचित सम्बोधन नभएको भन्दै आगजनी गरेका हुन् । 

आगलागीबाट ८६ लाख ६० हजार ५ सय बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी मिन बहादुर घलेले जानकारी दिए । 

गत वैशाख ३० गते भे १ च ३४३१ नम्बरको डेलीभरी भ्यान र से ५ च ४३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक राजापुर नगरपालिका वडा नम्बर ६ महादेउलीका ३८ वर्षका सोमनाथ थारुको ज्यान गएको थियो । 

भ्यान चालक हिमाल गौतमलाई अहिले जिल्ला अदालतले १ लाख २० हजार धरौटीमा तारेखमा छोडेको छ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports