Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2019-10-27

Gandaki, Lamjung, Besishahar, Ward 9

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेसीशहर नपा–९ का १८ वर्षीय शंकर विकविरूद्ध पीडित पक्षले जेठ २५ गते बेसीशहर नगरपालिकाको न्याय समितिमा उजुरी दिएको न्याय समितिका संयोजक लक्ष्मी अधिकारीले बताउनुभयो ।

पीडितलाई आरोपितले ०७६ कात्तिक १० गते बलात्कार गरेपछि धम्काएको हुनाले घटनाको जानकारी नभएको र पीडित गर्भवती भएपछि घटना बाहिर आएको पीडित पक्षले जनाएको छ । आरोपित हाल फरार रहेका छन् ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा जेठ २५ गते गरिएको अस्पतालका मेडिकल अफिसर हिक्मत भण्डारीले बताउनुभयो ।

सानो उमेरमा गर्भवती भएकी पीडितको स्वास्थ्य समस्या देखिएकाले सोही दिन चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको जिल्ला सामुदायिक अस्पतालका प्रशासक प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

पीडितको उपचारपछि जिल्ला प्रहरी कार्यालयमा सिफारिस गरिने न्याय समिति संयोजक अधिकारीले जानकारी गराउनुभयो ।

दलबहादुर मजाकोटी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments