Incident Reports

पत्रकारमाथि अज्ञात समूहद्वारा आक्रमण l

2014-03-07

Madhes, Dhanusha, Dhanusadham, Ward 10

Binod Kumar Rabidas रघुनाथपुर गाविस-५ निवासी पत्रकार २३ वर्षीय बीपी साहलाई फागुन २३ गते राति साढे ११ बजे अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । धनुषा जिल्लाको धारापानी बजारमा योजनाबद्ध तरिकाले धारिलो हतियार टाउकोमा प्रहार गरी घाइते बनाइएको पत्रकार साहले बताएका छन् । घाइते साहको जनकपुरधाम स्थित केयर मेडिकल सेन्टरमा उपचार भएको छ । पत्रकार साह काठमाडौँको लायन्स मिडियाबाट प्रकाशित हुने 'देशीया मासिक' पत्रिकाका कार्यकारी सम्पादक हुन् । अज्ञात समूहले फागुन २३ गते राति गरेको आक्रमणबाट घाइते भएका धनुषा निवासी 'देशीया मासिक' पत्रिकाका कार्यकारी सम्पादक बीपी साह । फोटोः विनोदकुमार रविदास जनकपुरधामबाट आफन्तको विवाहमा जन्ती जाने क्रममै अपरिचित व्यक्तिहरूले पछ्याउँदै बेहुलीको घरसम्म पुगेर आक्रमण गरेको पीडितले बताए । विवाहको स्वयम्बर सम्पन्न भएपछि पत्रकार साहसहित केही साथी सडक छेउमा उभिरहेको अवस्थामा दुई ओटा मोटरसाईकलमा सवार अज्ञात व्यक्तिहरूले धारिलो हतियार (चिरपट) निधारसहित शरीरको विभिन्न भागमा प्रहार गरी घाइते बनाएको पीडित साहले इन्सेक प्रतिनिधिलाई जानकारी दिएका छन् । 'देशीया मासिक' पत्रिकाको फागुन अङ्कमा जानकी मन्दिरमा भइरहेको भ्रष्टाचार तथा जमीन खरिद बिक्रीमा महन्थ रामतपेश्वर दासको संलग्नता रहेको समाचार प्रकाशित भएको र सो समाचार प्रकाशन भएपछि महन्थ दास निकट केही व्यक्तिहरूले पत्रकार साहलाई बारम्बार धम्की दिँदै आएका थिए । घाइते पत्रकार साह भन्छन्, - "रामतपेश्वर दासले मेरो गतिविधिको बारेमा जानकारी लिइरहेको तथा मलाई आक्रमणको योजना बनाइरहेको केही साथीहरूले बताएका थिए ।" पीडित साहले आज जिल्ला प्रहरी धनुषामा घटनाको छानबिन तथा ज्यान उद्योग सम्बन्धी जाहिरी दिने बताए । पीडितलाई आफूले भेटेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको तथा जाहेरी आए आजै दर्ता गर्ने एसपी उत्तम राज सुवेदीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis