Incident Reports

खोलामा बालक मृत भेटिए 

2020-06-10

Province 1, Sunsari, Dharan, Ward 14

धरान उपमहानगरपालिका– १४ र धरान– ४ लाई जोड्ने सेउतीको झोलुंगे पुलमुनि १४ वर्षीय बालक मृत भेटिएका छन् ।  धरान– ४ घर भई धरान– १४ मा दिदीको घर बस्दै आएका मनिराज राई खोलामा बुधबार मृत भेटिएका हुन् । उनी स्थानीय विद्यालयमा कक्षा सातमा अध्ययन गर्दै थिए ।  

घटनाको विषयमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान थालेको छ । डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले टाउकोको दाहिनेपट्टि चोट देखिएको र रगतसमेत जमेको अवस्थामा भेटिएको जानकारी दिए । पोष्टमार्टमका लागि शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 

हातमा मोबाइलको कभर समातिरहेको अवस्थामा प्रहरीले शव फेला पारेको छ । इप्रका धरानका डिएसपी बस्नेतका अनुसार ११ः३० बजेसम्म मोबाइलमा गेम खेलिरहेको र बिहान त्यस्तो अवस्थामा भेटिएका हुन् । पुलबाट कसैले खसाइदिएको वा आफैँ खसेकोजस्तो देखिएको बस्नेतले बताए । 

 

 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments