Incident Reports

बालिका बलात्कार आरोपी पक्राउ

2020-04-15

Lumbini, Kapilbastu, Shivaraj, Ward 8

जेठ २८ । कपिलवस्तुको शिवराज नगरपालिकाकी बालिकालाई बलात्कार गरी फरार रहेका एक युवक बुधबार पक्राउ परेका छन् ।

गत वैशाख ३ गते बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका शिवराज– ८ का २१ वर्षीय सकिलअलि सेफलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताए ।

सेफलाई गोप्य सूचनाका आधारमा विजयनगर गाउँपालिका वडा नं ३ पत्थरदेहियाबाट पक्राउ गरिएको जनाइएको छ ।

अभियुक्त सेफलाई सहयोग गरेको अभियोग लागेकी एक महिलालाई जिल्ला अदालतले केही दिनअघि रु. ५० हजार धरौटीमा रिहा गरेको थियो । रासस



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments