Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-06-09

Province 1, Udayapur, Udayapurgadhi, Ward 2

उदयपुरगढी गाउँपालिका–२ बर्रेका ४५ वर्षीय गोपाल तामाङलाई प्रहरीले प्रतिवन्धित नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सदस्य भएको आरोपमा जेठ २७ गते गिरफ्तार गरेको छ ।

लिम्चुङवुङ गाउँपालिकाका अध्यक्ष मेजर राईको कार्यकक्षमा ०७६ माघ १३ गते बम राखेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताउनुभयो । गोप्य सूचनाका आधारमा प्रहरीको विशेष टोलीले घर भित्रै लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको एसपी बुढामगरले बताउनुभयो ।

आरोपित विरूद्ध गाउँपालिका अध्यक्ष राईको कार्यकक्षमा बम राखेको र राज्यविरूद्ध क्रियाकलपा गरेको कसुरमा दुई ओटा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । एसपी बुढामगरका अनुसार ०७६ माघ १३ गते तामाङलगायतका ११ जनाको समूहले अध्यक्ष राईको कार्यकक्ष बाहिर प्रेसर कुकर बम राखेको आरोप छ । त्यसमध्ये तामाङसहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको एसपी बुढामगरले बताउनुभयो । दुई जना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । अध्यक्षको कार्यकक्ष भित्र हाते झोलामा र तार जडित मोबाइलसहित कुकर बम फेला पारेपछि सेनाको डिस्पोजल टोलीले वम निष्कृय बनाएको थियो ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments