Incident Reports

कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विराटनगरका युवा प्रदर्शनमा उत्रिए

2020-06-11

Province 1, Morang, Biratnagar

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित रुपले गर्न नसकेको भन्दै विराटनगरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । साथै उनीहरुले सरकारले गरेको खर्चको विवराण पनि पारदर्शी बनाउन पनि माग गरेका छन् । 

बिभिन्न संगठन र समाजिक संस्थामा आवद्ध युवाहरुले प्लेकार्डमा लेखिएका नारासहित  कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले खर्च गरेको दश अर्ब रुपैयाँको पारदर्शी विवरण सार्वजनिक गर्नु पर्ने माग गरेका हुन् । 

साथै सरकारले कोरोना संक्रमण रोक्न चालेको कदम प्रभावकारी बन्न नसकेको ठहर उनीहरुको छ । 

बिहीबार विराटगरको घोघापुल चोकबाट निस्किएको युवाहरुको र्याली मार्च पास गर्दै रोडशेषचोक स्थित मुख्यमन्त्री कार्यालयमा पुगेर २० मिनेट धर्नामा बसेको थियो । 

त्यसपछि पुन मार्चपास गर्दै युवाहरुको महानगरपालिका अगाडी पुगेर सडकमा धर्ना दिएका थिए ।  

कोराना महामारीकालागि संघीय, प्रदेश र स्थानीय सबै तहका सरकारले प्रभावकारी काम गर्न नसकेकोले सुशासन कायम गराउन विराटनगरका युवाहरुले स्वतःस्फुर्त रुपमा विरोध ¥याली आयोजना गरेको सहभागी युवा बसन्त अधिकारीले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments