Incident Reports

भरतपुरमा प्रदर्शन: नो पिसिआर, नुन तेल बेसार कोरोनाको उपचार- डा. केपी ओली

2020-06-11

Bagmati, Chitawan, Bharatpur

चितवनको भरतपुरस्थित चौबिसकोठीमा बिहीबार बिहान फरक दृश्य देखियो।

राष्ट्रिय झन्डा र गीत बजाउँदै विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर युवाहरूले सरकारलाई खबरदारी गरे।

कोरोनाभाइरस महामारीपछि सरकारले लकडाउन गरेको ८१ औं दिन बिहीबार चितवनका युवाले सरकारविरूद्ध प्रदर्शन गरेका हुन्।

स्वत:स्फूर्त रूपमा युवाहरूले सडकमा उत्रिएर सामाजिक दूरी कायम राखी प्रदर्शन गरेका हुन्।

‘कोरोना परीक्षणमा १०० प्रतिशत पिसिआर लागू गर, किट किन्ने हो कार्पेट होइन, दश अर्ब खोइ?, कर केका लागि?’ लेखिएका प्लेकार्ड बोकेर युवाले शान्तपूर्ण प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

‘नो पिसिआर नुन, तेल, बेसार कोरोनाको उपचार: डा. केपी ओली’ लेखिएको प्लेकार्ड प्रदर्शनमा उत्रिएकाहरूले लिएका छन्।

प्रधानमन्त्री ओलीले संसदमा बुधबार नेपालीहरूको रोगप्रतिरोधात्मक क्षमता बढी भएको बताएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments