Incident Reports

जनकपुरमा सरकारविरोधी प्रदर्शन

2020-06-11

Madhes, Dhanusha, Janakpur

जनकपुर — कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई भ्रष्टाचारमा लिप्त भएको भन्दै जनकपुरमा तीनै तहका सरकारविरुद्ध प्रदर्शन भएको छ । क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न नसकेको सरकारले लकडाउनको अवधिमा उद्योगधन्दा तथा व्यापार व्यवसाय ठप्प रहेको अवस्थामा कर बुझाउन उर्दी जारी गरेको र स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै युवा तथा व्यापारीले बिहीबार प्रदर्शन गरेका हुन् ।

युवाहरुले 'जनतालाई छैन सरकारको आश, सरकारलाई चाहियो जनताको लाश', 'कार्पेट हैन सोच बदलौं', 'पैसा छैन गोजीमा सरकार करको खोजीमा' लगायतका नाराहरु लेखिएको प्ले कार्डसहित जनकचोक र शिवचोकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए । गरिब, मजदुर तथा व्यापारी लगायतका वर्गका लागि राहतको समेत सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै यथाशीघ्र यसका लागि पहलकदमी लिन सरकारसँग माग गरेका हुन् । ‘सरकारले अब अति गरिसक्यो । यो सरकारको अन्त्य निश्चित छ महामारीको बेला पनि सरकार कमिसन असुल्ने तथा भ्रष्टाचारमै लिप्त रह्नु एकदमै दुःखद हो,’ प्रदर्शनमा उत्रेका व्यवसायी सरोज मिश्रले भने । सरकारलाई सही बाटोमा ल्याउनका लागि विरोध गरेको बताउँदै उनले माग पूरा नभए अन्य विरोधका अन्य कार्यक्रम पनि गर्ने प्रदर्शनमा उत्रिएका युवाहरुले बताए ।

 गरिब, मजदुर तथा व्यापारी लगायतका वर्गका लागि राहतको समेत सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै यथाशीघ्र यसका लागि पहलकदमी लिन सरकारसँग माग गरेका हुन् । ‘सरकारले अब अति गरिसक्यो । यो सरकारको अन्त्य निश्चित छ महामारीको बेला पनि सरकार कमिसन असुल्ने तथा भ्रष्टाचारमै लिप्त रह्नु एकदमै दुःखद हो,’ प्रदर्शनमा उत्रेका व्यवसायी सरोज मिश्रले भने । सरकारलाई सही बाटोमा ल्याउनका लागि विरोध गरेको बताउँदै उनले माग पूरा नभए अन्य विरोधका अन्य कार्यक्रम पनि गर्ने प्रदर्शनमा उत्रिएका युवाहरुले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments