Incident Reports

कामदारलाई यौन दुर्व्यवहार गरेको आरोपमा पशुपति इन्ड्रष्टिजका प्रडक्सन इञ्चार्ज पक्राउ

2020-06-14

Province 1, Sunsari, Duhabi

विराटनगर, ३२ जेठ । महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरी दुहबीस्थित पशुपति सिल प्याक कम्पनीका प्रडक्सन इञ्चार्ज पक्राउ परेका छन् ।

पाँच जना महिला कामदारलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत राजस्तान घर भएका २४ वर्षीय पवन शर्मा (जनगिर) पक्राउ परेका हुन् ।

मारवाडी समुदायका शर्माले प्लास्टिकको बोरा, त्रिपाललगायत सामाग्री बनाउने कम्पनीमा रातिको ड्युटीमा खटिएका कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय दुहबीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका शर्मामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । शर्माले रातको समयमा खटिएका महिला कामदारलाई संवेदनशील अंगहरू छुने, एकान्तमा बोलाउने र यौन दुर्व्यवहार गर्दै आएका थिए ।

‘रक्सी खाएर छेउमा आएर संवेदनशील अंगमा छुन खोज्थ्यो,’ यौन दुर्व्यवहारमा परेकी महिलाले भनिन्, ‘कसैलाई भने जागिर खाइदिने धम्की दिन्थे ।’

केही महिनायता निरन्तर यौन दुर्व्यवहार गरेपनि कामबाट निकालिने डरले केही नबोलेको उनीहरूले बताएका छन् ।

महिला कामदारलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शर्मालाई जोगाउन चलखेल सुरु भएको छ । स्रोतका अनुसार पक्राउ परेका शर्मालाई मुद्दा नचलाउन व्यावसायीले प्रहरीलाई दवाव दिइरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 00
National/Online Media

0 Comments