Incident Reports

युवतीमाथि बलात्कार भएको भन्दै परिवार प्रहरीमा

2020-06-07

Bagmati, Makawanpur, Hetauda

मकवानपुर — हेटौंडामा सुस्त मनस्थितिकी युवती बलात्कृत भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको छ । स्थानीय एक युवकले युवतीलाई जेठ २४ गते घरनजिकैको मकैबारीमा लगेर बलात्कार गरेको उनीहरूको आरोप छ ।

 परिवारले पाँचौं दिन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो । आरोपित युवक फरार रहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार अविवाहित युवतीलाई ती युवकले दिउँसो २ बजेको समयमा पैसाको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । ‘पीडित पक्षले किटानी जाहेरी दिएको छ । सोही आधारमा फरार रहेका आरोपीलाई खोजिरहेका छौं,’ उनले भने । रानाले घटनाबारे प्रहरीलाई ढिला खबर गरिँदा आरोपी भाग्न भ्याएको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments