Incident Reports

सिरहा बजारमा दिनदहाडै पसलमा तोडफोड

2020-06-14

Madhes, Siraha, Siraha, Ward 1

सिरहा, ०१ असार । सिरहा नगरपालिका–१ स्थित शुभ लक्ष्मी जेनरल स्टोर एण्ड सप्लायर्समा अपराधी प्रवृतिका युवाहरुले सुरक्षा व्यवस्थालाई चुनौती दिँदै दिनदहाडै स्थानीय बजार पसल तोडफोड गरेका छन् ।

सिरहा नगरपालिका १९ सन्हैठाका लक्ष्मण यादवको छोरा वर्ष १८ का रोशन यादव, वडा नं ३ का ज्ञान कुमार मण्डलका छोरा वर्ष १९ का राजेश भन्ने रितिश कुमार मण्डल, वडा नं१ का प्रदिप यादवको छोरा वर्ष १८ का पुजेश कुमार यादव लगायतले पसलमा तोडफोड गरेको पसल संचालिका सलिता कुमारी यादवले बताइन् ।

तोडफोडको कारण पसलको काउन्टर, र्याक र सरसमान गरी एघार लाख भन्दा बढिको क्षति भएको उनले दाबी गरेकी छन् । बिना कुनै कारण पसलमा आएर अन्धाधुन्ध इटाका टुक्रा र ढुंगा फाल्न थालेपछि आफू ज्यान जोगाउन बाहिर निस्केको बताइन्।

सिरहाको क्याम्पस चौकमा कार्यालयको ब्रोड लिंक कम्पनीमा काम गर्ने मनिष कुमार यादवले आफ्नो भाईलाई सिरहाकै इमली चौकमा रहेको पसलमा पुर्याएर कार्यालय फर्किन मोटरसाइकल उत्तरतिर फर्काएको र केही युवाहरु दक्षिण तर्फबाट मोटरसाइकलमा चढेर आइरहेको बताइन् । त्यसपछि ती युवाहरुले आफूलाई अपशब्द बोल्दै लखेटेको र अदालत अगाडि सडकमै पछाएरेर हातपात गरेको बताइन् ।

ज्यान जोगाउनकै लागि त्यही रहेको आफ्नो पसलभित्र पसेर सटर बन्द गरेपनि सटर खोलो झन हातपात गरेको बताइन् । त्यसबीचमा पहरी आएर रितिश र पुजेशलाई प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रहरीले पक्राउ गरेको कुरा सुनेर रितिश र पुजेशका साथी रोशन भनिनै अर्का व्यक्ति लागुऔषध खाएर दोश्रो पल्ट पुन: पसलमा तोडफोड गर्न आएको पीडितले बताइन् ।

‘आजसम्म मेरो अगाडि प्रहरी बोल्न सकेको छैन् ,  मैले जे गर्दा पनि कसैले प्रहरीलाई केही भन्ने हिम्मत गरेन तँ जस्तालाई प्रहरीलाई भन्ने हिम्मत कसले दियो भन ?’ भन्दै आफूमाथि इटा प्रहार भएको यादवले बताइन् ।

सिरहा नगरपालिका–१९ बस्ने लक्ष्मण यादव नेपाल टेलिकम सिरहा कार्यरत रहेको एक कर्मचारी रहेको खुलेको छ । उनलाई बस्नका लागि सिरहाको इमली चौकमा रहेको टेलिकमका पुरानो भवन दिइएको  तर आफै नबसी आफ्ना छोरा रोशनलाई बसाउदै आएको स्थानीयहरुले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports