Incident Reports

संघीयता र एमसीसी खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

2020-06-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– संघीयता खारेजीको माग गर्दै काठमाडौँको बसन्तपुरमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरुले हिन्दु अधिराज्य कायम गर्न पनि माग गरेका छन्।

राष्ट्रिय शक्ति नेपाल काठमाडौँको आयोजनामा भएका प्रदर्शनका सहभागीहरुले संघीयता चाहिँदैन, एमसीसी खारेज गर, विदेशी दलाल होसियार, हिन्दु अधिराज्य कायम गर लगायतका नारा लगाएका थिए।

उनीहरुले लकडाउन अवधिको विद्युत महसुल, टेलिफोन महसुल, खानेपानी महसुल लगायत कर मिनाहाको पनि माग गरेका थिए ।

प्रदर्शनकारीहरुले नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको तस्बिरसहितका प्लेकार्ड बोकेका थिए।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other Hindu Nationalist and Regional Unity Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments