Incident Reports

झापामा मिर्गौला रोगी बृद्धको शव उठाउन गाउँलेको अवरोध

2020-06-15

Province 1, Jhapa, Mechinagar, Ward 11

झापा – झापाको मेचीनगर नगरपालिका–११ का एक बृद्धको मृत्यु कोरोना संक्रमणले भएको आशंकामा शव व्यवस्थापनमा गाउँलेले ६ घण्टासम्म अवरोध गरेका छन् ।

बृद्धको मृत्यु कोरोनाले भएको आशंकापछि गाउँलेले शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए ।

घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए ।

मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले शुक्रबार घर फर्काएको थियो ।

उनको सोमबार बिहान ८ बजे घरमै मृत्यु भएको हो । ‘नोबेल अस्पतालको रिपोर्ट हेर्दा कोरोना भएको देखिँदैन’, नगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले भनिन्, ‘दुवै मिर्गौला खराब भएको रहेछ । गाउँलेलाई सबै कुरा बताएपछि मात्र अन्त्येष्टि गर्न दिए ।’

पालिकाले चार जना गाउँलेलाई पीपीई, पञ्जा र मास्क दिएपछि शव उठाएर दाहसंस्कार गरिएको थियो । मृतक भारतीय सेनाबाट निवृत्त भएका हुन् ।

उनी बन्दाबन्दीअघि पेन्सन थाप्न भारतको बागडुग्रास्थित हात्तीसारको पेन्सन अफिसमा गएका थिए ।

बन्दाबन्दी भएसँगै भारतमै छोरीज्वाइँको घरमा बसेका उनलाई बिरामी भएपछि एक हप्ताअघि मात्र पूर्वीनाका काँकडभिट्टा हुँदै एम्बुलेन्सबाट बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याइएको थियो ।

मनमोहनले उपचार गर्न नसक्ने बताएपछि उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports