Incident Reports

विप्लव समूहका विद्यार्थी नेताहरु जमलबाट समातिए

2020-06-15

Bagmati, Kathmandu, Kathmandu

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनका उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौँ जिल्ला उपाध्यक्ष गोविन्द विष्ट र गणतान्त्रिक मञ्चका केन्द्रीय सचिव पूर्ण बहादुर श्रेष्ठलगायत पाँच जना पक्राउ परेका हुन् । 

महानगरीय अपराध महाशाखाको टोलीले जमलको थहिटीबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उपाध्यक्ष बिष्ट प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति हुन् । 

लामो समयदेखि बिष्टले डरधम्की देखाई काठमाडौँका व्यवसायीहरुसँग चन्दा माग्दै आएको बताइएको छ । पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments