Incident Reports

जुम्लामा दुई मोटरसाइकलमा आगजनी

2020-06-18

Karnali, Jumla, Chandannath

जुम्लामा पाकिङ्ग गरि राखेको दुई मोटरसाईकलमा आगजनी गरिएको छ । 

आगजनी कसले र किन गर्यो भन्ने अझै पत्ता लागि नसकेको प्रहरीले जनाएको छ । 

गए राति चन्दननाथ नगरपालिका – ४ स्थित कर्णाली बोडिङ स्कुल नजिकै पाकिङ्क गरेर राखिएको मोटरसाईकलमा आगजनी गरिएको हो । 

एउटा मोटर साइकल कवड हल नजिक र अर्काे मोटर साइकल पाकिङ्क गरेको स्थानदेखि एक सय मिटर अगाडी पुर्याएर आगो लगाएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।

चन्दननाथ ७ का पदमराज रावलको भे ४ प ६८१०  नम्बरको मोटरसाइकल जलेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक चन्दले बताए ।

त्यसैगरी चन्दननाथ ९ का लक्ष्मीचन्द्र रावलको क १ प २०७० नम्बरको मोटरसाइकल जलेको अवस्थामा भेटिएको हो । 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसअघि पनि जुम्ला बजार भित्र विभिन्न स्थानमा पाकिङ गरी राखिएका सवारीसाधन मोटरसाइकल अज्ञात व्यक्तिहरुले आगजनी गर्ने र कतिपय समयमा अन्यत्र स्थानमा लगेर बेवारिसे अवस्थामा फालिदिने समेत गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments

Related Reports