Incident Reports

विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

2020-06-18

Lumbini, Dang, Tulsipur

तुलसीपुर– प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्ल ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ ।

दाङको बिजौरी, मानपुर र डुरुवा इन्चार्ज मदन केसीलाई दाङको बिजौरीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

तुलसीपुरको ग्वारखोलामा जेसीबीमा आगजनी भएको घटनामा केसीको हात रहेको आशंकामा उनलाई पक्राउ गरिएको हो ।

ग्वारखोला र देउखुरीमा गरी ६ वटा जेसीबीमा आगजनी गर्ने विप्लव माओवादीका कार्यकर्ता नै रहेको प्रहरीको आशंका छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments