Incident Reports

बलात्कारका आरोपित प्रहरी हिरासतमा l

2014-03-15

Lumbini, Rupandehi, Devdaha

Madhav Basyal एक १९ वर्षीया महिलालाई रुपन्देही जिल्ला देवदह गाविस-६ का ३१ वर्षीय टेकनारायण ढकालले बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । आरोपित ढकालले चैत १ गते फागु पूणिर्माको दिन पीडित महिला घरमा एक्लै भएको अवस्थामा मुख बाँधेर बलात्कार गरेको अवस्थामा छिमेकीले थाहा पाई सोही राति नै नियन्त्रणमा लिएका थिए । पीडित परिवारले चैत २ गते बिहानै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि माथा प्रहरी चौकीबाट खटिएका प्रहरीले सोही दिन आरोपित ढकाललाई गिरफ्तार गरेको थियो । आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव बस्याल

0 Comments

Related Reports
Related Trend Analysis