Incident Reports

२८ महिनाकी बालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ

2020-06-11

Lumbini, Rolpa, Tribeni

(रोल्पा) — रोल्पाको त्रिवेणी गाउँपालिकामा २८ महिनाकी बालिकामाथि करणी प्रयास गरेको अभियोगमा प्रहरीले एक जना पक्राउलाई पक्राउ गरेको छ ।

जेठ २९ गते घर छेउको आँगनमा खेलिरहेकी ती बालिकालाई ठूलोबुवा नाता पर्ने ३८ वर्षीय पुरुषले करणी प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित परिवारद्वारा जेठ ३२ मा होलेरीस्थित इलाका प्रहरी चौकीमा जाहेरी दर्ता गर्दै हदैसम्मको कारबाही माग गरेको छ । आरोपीलाई प्रहरीले उजुरी लगत्तै पक्राउ गरेको थियो । 

आरोपीलाई प्रहरीले म्याद थपेर अनुसन्धान अगाडि बढाएको छ । करणी प्रयासको घटनापछि शारीरिक एवं स्वास्थ्य जाँचका लागि बालिकालाई लिबाङस्थित रोल्पा अस्पतालमा ल्याइएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य छ । 

सुरुमा ती पुरुषले करणी प्रयास अस्वीकार गरेको प्रहरीले जनाएको छ । ‘तर पछि उनले दोष स्वीकार गरे,’अनुसन्धानमा संलग्न रोल्पा प्रहरीका एक अधिकृतले भने,‘उनले हामी सामु मैले गल्ती गरेँ, मबाट नराम्रो काम भयो, मैले पाप गरेँ भनेका छन् ।’

गाउँपालिकाको दुर्गम गाउँमा भएको उक्त घटनापछि उजुरी परेपछि कानुनी प्रक्रिया अघि बढाइएको घटनास्थल पुगेका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । प्रहरी निरीक्षक चापागाईँले भने, ‘जबरजस्ती करणी प्रयासमा परेकी बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कुनै समस्या छैन ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
National/Online Media

0 Comments