Incident Reports

श्रीमान नभएको मौका छोपी घरबाटै महिलाको अपहरण प्रयास

2020-06-21

Madhes, Rautahat, Garuda, Ward 3

घरमा श्रीमान नभएको मौका छोपी रौतहटमा एक महिलाको घरबाट अपहरणको प्रयास भएको छ ।

रौतहटको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई गए राति घरबाटै अपहरणको प्रयास भएको हो । छोराछोरीसँग रहेकी महिलालाई गए राति ९ बजेतिर आएको चार जनाको समूहले अपहरण प्रयास गरेका हुन् ।

महिलाका श्रीमान कामको शिलशिलामा गौरमा रहेको मौका छोपी चार जनाको समूहले अपहरणको प्रयास गरेको हो । ‘घरमा बसिरहेको बेला अचानक चार जना आएर मुख थुन्दै बोकेर लग्न थालेका थिए,’ पीडित महिलाले भनिन्, ‘चारैतिरबाट घेरेर उनीहरुले जबरजस्ती घिसार्न थालेपछि गुहार माग्दै धेरैबेर कराएँ । होहल्ला सुनेर छिमेकीहरु आएपछि चारै जना भागे ।’

जबरजस्ती घिसार्न थालेपछि उनी बेहोस भएर लडेकी थिइन् । घटनापछि गौर अस्पतालमा उपचारका क्रममा रहेकी ३५ वर्षीया महिलाको शरीरका विभिन्न भागमा चिथोरेको घाउ छ ।

अपहरण गर्न आएका तीन जना गरुडा नगरपालिकाका र एक जना गढीमाई नगरपालिकाको भएको ती महिलाले प्रहरी सामु बताएकी छिन् ।

घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले भने, ‘यस विषयमा हामी गम्भीर भएर अगाडि बढिरहेका छौं । घटनामा संलग्नहरु चाँडै नियन्त्रणमा आउने छन् ।’

लकडाउनको अवधिमा पछिल्लो समय रौतहटमा महिलामाथि हिंसाका घटनाहरु वृद्धि भएको तथ्याङ्कले देखाएको छ । घरमा श्रीमान नभएको मौकामा अपहरण गर्न खोजिएका कारण यस घटनाले पनि यस्तै संकेत गर्ने स्थानीय बताउँछन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments