Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-20

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 6

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनीया मुसलमान टोलका ३० वर्षीय जसमुल मियाँलाई प्रहरीले असार ७ गते गिरफ्तार गरेको छ ।

पीडितले आरोपितविरुद्ध चैत ८ गते इलाका प्रहरी कार्यालय हनुमाननगरमा र चैत ११ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनु भएको थियो । पीडितको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चैत १७ गते स्वास्थ्य परीक्षण भएको थियो ।

साथीको घरमा गएको बेला आरोपितले फोन गरी चैत ७ गते राति बोलाएर बाहिर निस्कँदा नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको र चैत ८ गते बिहान छाडेको पीडितले बताउनु भयो । पीडितका अनुसार आरोपितले कुटपिट गरी गरगहना खोसी मोबाइलको सीम कार्ड समेत फ्याकी दिएका थिए । पीडितका पति वैदेशिक रोजगारमा कतारमा छन् ।

इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीसँग स्वास्थ्य परीक्षण समेत भइसकेको तर झण्डै दुई महिना हुन लाग्दा समेत दर्ता हुन नसकेको सो घटनाको अनुसन्धान गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाउन आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालयले जेठ १ गते मात्र उजुरी दर्ता गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनु भएका डिएसपी भारतीले लकडाउनका कारण आवश्यक प्रकृया मिलाउन समय लागेकोले दर्ता गर्न र गिरफ्तार गर्न ढिलाई भएको बताउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments