Incident Reports

प्रहरी नियन्त्रणमा थुनुवाको मृत्यु l

2014-03-20

Bagmati, Lalitpur, Godawari, Ward 10

ललितपुर , चैत्र ६ - एकजना ट्याक्सी चालकको हिरासतमै मृत्यु भएपछि स्थानीयले ललितपुरमा प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । ठैव निवासी २३ वर्षीय रवि महर्जनको बुधबार राति महानगरी प्रहरी वृत चापागाउँको हिरासतमा निधन भएको हो । उनको निधनपछि उनका आफन्तजन, तथा ट्याक्सी चालकहरु विरोधमा उत्रिएका छन् । सातदोबाटोदेखि चापागाउँ जाने सडकमा विभिन्न स्थानमा अवरोध गरी स्थानीयले चापागाउँ प्रहरी वृत अगाडि प्रदर्शन गरेका छन् । त्यस्तै, ट्याक्सी चालकहरुले ललितपुरको विभिन्न भागमा चक्काजाम समेत गरेका छन् । लागु औषध बोकेको अभियोगमा दुई साता अघि महर्जन पक्राउ परेका थिए । प्रहरीका अनुसार उनको साथबाट गाँजा बरामद भएको थियो । हिरासतमै आकस्मिक रुपमा उनलाई हृदयघात भएपछि पाटन अस्पताल पुर्याउँदै गर्दा निधन भएको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis