Incident Reports

रुकुम घटनामा संलग्नलाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

2020-06-22

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, ८ असार । पश्चिम रुकुममा घटेको घटनाको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको आह्वानमा आज काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रसम्म प्रदर्शन गरिएको थियो ।

अन्र्तजातीय प्रेम प्रसंगलाई लिएर पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको विरोधमा माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म सिठी बजाएर प्रदर्शन गरिएको थियो ।

प्रेमिका लिन जाँदा युवतीका आफन्त र गाउँलेको आक्रमणबाट नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्या गर्नेहरुलाई कारवाहीको माग गर्दै सिटी जुलस प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले नयाँ वानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो ।




तस्बीर : महेश्वर केसी/न्यूज २४

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments