Incident Reports

१३ वर्षीया किशोरी सुत्केरी प्रकरण : जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

2020-06-15

Gandaki, Lamjung, Besishahar

लमजुङ — बेंसीसहर नगरपालिकाकी १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सोमबार १९ वर्षीय युवकलाई पक्राउ गरेको छ । ती किशोरी सुत्केरी भइसकेकी छन् । उनले जेठ २७ मा चितवनस्थित भरतपुर अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।

पीडित किशोरीले असार १ मा युवकविरुद्ध जबर्जस्ती करणीपछि गर्भ रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । भारतबाट फर्किएर बेंसीसहरको क्वारेन्टाइनमा रहेका आरोपित युवकलाई कोरोना संक्रमण नभएको पुष्टि भएसँगै प्रहरीले सोमबार पक्राउ गरेको हो । उजुरी दिए पनि क्वारेन्टाइनमा बसेका उनलाई कोरोना संक्रमण भएको हुन सक्ने भन्दै प्रहरीले पक्राउ गरेको थिएन । क्वारेन्टाइन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको सुरक्षा निगरानीमा रहेका उनलाई सोमबार पक्राउ गरिएको डीएसपी गंगाबहादुर थापाले बताए । हाडनाता करणी भएकाले थप विवरण प्रहरीले खुलाएको छैन । घटना गत असोज २ गतेको रहेको प्रहरी स्रोत बताउँछ । कोही नभएको मौका छोपेर ती युवक किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको खुलेको छ । त्यसपछि भारततर्फ भागेका युवक जेठ अन्तिम साता मात्रै नेपाल फर्किएका थिए । प्रहरीले जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरीको पेट बढ्दै गएपछि गत वैशाख अन्तिम साता आमाले ती किशोरीलाई बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएकी थिइन् । किशोरी गर्भवती भएको भन्दै असार ४ गतेलाई प्रसूतिको समय दिइएको थियो । किशोरीलाई असहज भएपछि जेठ २६ मै बेंसीसहर नगरपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पुर्‍याइएको थियो । उपचारपछि जेठ ३२ मा बेंसीसहर फर्किएकी किशोरीलाई आफन्त र गाउँलेले घर नआउन दबाब दिएपछि उनी आमा र शिशुसँगै बेंसीसहरमै बसेकी छन् । बेंसीसहर नगरपालिका, वर्ल्डभिजन इन्टरनेसनल, नेपाल–ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी), इन्सेक, लमजुङ उद्योग वाणिज्य संघलगायतको सहयोगमा उनीहरूलाई बेंसीसहरमा डेरा खोजेर राखिएको छ । प्रकाशित : असार ९, २०७७ ०९:५२

क्वारेन्टाइन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको सुरक्षा निगरानीमा रहेका उनलाई सोमबार पक्राउ गरिएको डीएसपी गंगाबहादुर थापाले बताए । हाडनाता करणी भएकाले थप विवरण प्रहरीले खुलाएको छैन । घटना गत असोज २ गतेको रहेको प्रहरी स्रोत बताउँछ । कोही नभएको मौका छोपेर ती युवक किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको खुलेको छ । त्यसपछि भारततर्फ भागेका युवक जेठ अन्तिम साता मात्रै नेपाल फर्किएका थिए । प्रहरीले जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छोरीको पेट बढ्दै गएपछि गत वैशाख अन्तिम साता आमाले ती किशोरीलाई बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएकी थिइन् । किशोरी गर्भवती भएको भन्दै असार ४ गतेलाई प्रसूतिको समय दिइएको थियो । किशोरीलाई असहज भएपछि जेठ २६ मै बेंसीसहर नगरपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पुर्‍याइएको थियो । उपचारपछि जेठ ३२ मा बेंसीसहर फर्किएकी किशोरीलाई आफन्त र गाउँलेले घर नआउन दबाब दिएपछि उनी आमा र शिशुसँगै बेंसीसहरमै बसेकी छन् । बेंसीसहर नगरपालिका, वर्ल्डभिजन इन्टरनेसनल, नेपाल–ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी), इन्सेक, लमजुङ उद्योग वाणिज्य संघलगायतको सहयोगमा उनीहरूलाई बेंसीसहरमा डेरा खोजेर राखिएको छ । प्रकाशित : असार ९, २०७७ ०९:५२

बेंसीसहर नगरपालिका, वर्ल्डभिजन इन्टरनेसनल, नेपाल–ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी), इन्सेक, लमजुङ उद्योग वाणिज्य संघलगायतको सहयोगमा उनीहरूलाई बेंसीसहरमा डेरा खोजेर राखिएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments