Incident Reports

श्रीमती बिक्री गर्न खोज्ने युवक पक्राउ l

2014-03-20

Madhes, Parsa, Birgunj, Ward 4

Investigation into the incident is underway, said Deputy Superintendant of Police (DSP) at the Parsa District Police Office, Basudev Khatiwada वीरगन्ज (पर्सा), चैत्र ६ - पर्सा प्रहरीले आफ्नै श्रीमती बेच्न खोज्ने वीरगन्ज उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय मोहम्मद सदाम हुसेनलाई पक्राउ गरेको छ । छ महिनाअगाडि विवाह गरेर ल्याएकी श्रीमतीलाई हुसेनले बुधबार बिहान बब्लु भन्नेलाई ५० हजार भारतीय रुपैयाँमा बिक्री गर्न लागेको प्रहरीले दाबी गरेको छ । वीरगन्ज–१८ मा पीडितलाई फेला पारी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेको हुसेनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पर्साका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

0 Comments