Incident Reports

सात जना होटल बालश्रमिकहरूको उद्वार l

2014-03-19

Lumbini, Banke, Nepalgunj, Ward 2

Binod Pandey महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल कल्याण समितिले चैत ५ गते नेपालगञ्जस्थित विभिन्न होटलबाट सात जना बालश्रमिकहरूको उद्धार गरेको छ । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूको सहयोगमा महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल कल्याण समितिले नेपालगञ्जका होटल तथा मिठाई पसलमा कार्यरत सात जना बालश्रमिकको उद्धार गरेको हो । नेपालगञ्जका होटल तथा मिठाई पसलहरूमा बालश्रमिकको प्रयोग बढेको गुनासो आएपछि अनुगमन गरी बालकहरूको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयका बिन्दु कुँवरले बताइन् । सबै बालकहरू १५ वर्षमूनिका रहेका रहेका छन् । होलिया गाविस-८ का १४ वर्षीय दुखीराम कोरी, भारत बहराइचका १३ वर्षीय ननकउ सोनखर, भारत नानपाराका १४ वर्षीय नसिम अली, पिपरहृवा गाविस-२ मनिकापुरका १२ वर्षीय रियान अलि, होलिया गाविस-३ का १५ वर्षीय राकेस सोनखर, सोही गाविस-३ का १२ वर्षीय तहलु सोनखर, बेतहनी गाविस-५ का १३ वर्षीय राजकुमार सोनखरलाई नेपालगञ्जस्थित माँ बागेश्वरी मिष्ठान भण्डार, श्रीराम मिष्ठन भण्डार, होटल रहिम लगायतका होटलहरूबाट उद्धार गरिएको हो । उद्धार गरिएका बालकहरूलाई सिविनको सङ्रक्षणमा राखिएको छ । 'बालश्रमिकहरूले पारिश्रमिक पाए नपाएको बुझेर एक हप्ता भित्र अभिभावकको जिम्मा लगाउने छौ ।' कुँवरले भनिन् । बाँके जिल्लामा कति बाल श्रमिक छन् भन्ने यकिन तथ्याङ्क छैन । विनोद पाण्डे

0 Comments