Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-22

Bagmati, Sindhupalchok, Bhotekoshi, Ward 4

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका–४ का २१ वर्षीय आरोपितलाई ०७७ असार १० गते साँझ घरबाट प्रहरीले गिरफ्तार गरेको छ ।  दिदीको घरमा बस्तै आएकी पीडितलाई दिदी घरमा नभएको अवस्थामा आरोपितले असार ८ गते बलात्कार गरेको पीडितको आरोप छ ।

इन्सेक जिल्ला प्रतिनिधिसँगको भेटमा पीडितले यसअघि पनि बलात्कृत भएको बताउनु भयो । पीडितले असार १० गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दर्ता गराउनु भएको थियो ।

पीडित सानै हुँदा उहाँकी आमा अन्यत्र विवाह गरी गएको, बुबाले अर्कै महिलासँग विवाह गरेकोले आफू विगत तीन वर्षदेखि दिदीको घर बस्दै आएको बताउनु भयो । घटनापछि पीडितलाई सेफ हाउसमा राख्ने तयारी भए पनि कोरोना सङ्क्रमणको कारण देखाउँदै सेफ हाउसले पीसीआर रिपोर्ट माग गरेपछि हाल पीडितलाई दिदीकै घरमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा असार १० गते गरिएको छ । तर कोरोना भाइरसको सङ्क्रमण बारे भने कुनै जाँच प्रक्रिया अगाडि बढाइएको छैन ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments