Incident Reports

जेठाजुद्वारा छुरा प्रहार l

2014-03-22

Province 1, Morang, Biratnagar

Sukdev Chaudhary विराटनगर उमनपा-१० की ३५ वर्षीया निरु गिरीलाई चैत ८ गते जेठाजुले ढाडमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका छन् । घरायसी विवादको विषयलाई लिएर जेठाजु ४१ वर्षीय डिकु गिरीले ढाडमा ३/४ पटक छुरा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएकी निरुको उपचार विराटनगर स्थित नोवेल अस्पतालमा भई रहेको छ । घटनामा संलग्नलाई चैत ९ गते गिरफ्तार गरी घटनाको थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पोखरेलले जानकारी दिए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis