Incident Reports

खान लाउन नदिएको भन्दै पति विरुद्ध उजुरी l

2014-03-22

Province 1, Bhojpur, Hatuwagadhi

Kiran Rai बालंखा गाविस-१ की ४५ वर्षीया पार्वती राईले पति ५० वर्षीय चुन्द्रकुमार राई विरुद्ध खान लाउन नदिएर बेवास्ता गरेको आरोपमा चैत ९ गते महिला तथा बालबालिका कार्यालयमा उजुरी दिएकी छन् । विगत २० वर्षदेखि पतिले खान लाउन नदिएको र मानसिक यातना दिने गरेकाले उजुरी दिएको पीडितले बताइन् । उजुरी आएपछि आवश्यक कारबाही गर्न जिल्ला प्रहरीमा लेखेर पठाएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख शुसिला आचार्यले जानकारी दिइन् । उजुरीमा खान लाउन नदिएको, मानसिक यातना दिने गरेकाले कारबाही गर्न माग गरिएको छ । महिला तथा बालबालिका कार्यालयबाट पत्र प्राप्त भएपछि आरोपित पक्षलाई झिकाएर छलफल गराइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नान्तीराज गुरुङले बताए । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis