Incident Reports

बालिका बलात्कारको आरोपमा दुई युवा पक्राउ

2020-06-21

Lumbini, Rukum East, Bhume, Ward 2

रुकुम – रोल्पाकी १३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र त्यही ठाउँका ३० वर्षीय कमल रेग्मीलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार, श्रीषले असार ७ गते र रेग्मीले असार ९ गते डरत्रास देखाएर बलात्कार गरेको भन्दै  पीडितपक्षले इलाका प्रहरी कार्यालय काँक्रीमा उजुरी दिएका थिए । उजुरी परेलगत्तै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक  दिनेश गुरूङले बताउनुभयो ।

पक्राउ परेकालाई १० दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको उहाँले जनाउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments