Incident Reports

एमसीसी खारेजीको माग गर्दै प्रधामन्त्रीको गृहनगर दमकमा प्रदर्शन

2020-06-27

Province 1, Jhapa, Damak

दमक, १३ असार । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रदर्शन गरिएको छ । 

शनिबार स्वतन्त्र युवाहरूको समूहले दमकमा शान्तिपूर्ण रूपमा मौन विरोध प्रदर्शन गरेको हो । 

एमसीसी रास्ट्रघाती भएको र कुनै पनि हालतमा यो संघीय सांसदबाट पास गर्न नहुने भन्दै युवा समूहले प्रदर्शन गरेका हुन् । 

एमसीसीको नाममा देशको स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामा सम्झौता गर्न नहुने भन्दै सो प्रदर्शन गरिएको हो । 

युवाहरूले कोरोनाको माहामारीलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका उपायहरू अपनाई, आवश्यक सामाजिक दूरी कायम गरेर “हामीचाहिँ पढेर एमसीसीको विरोध गर्न आएका’’, “गरे सबैले सार्थक पहल बन्छ, आफ्नै पहलमा बन्छ महल’’, “एमसीसी खारेज गर’’ लगायतका नाराहरू लेखिएका प्ले कार्डहरू बोकेर विरोध जनाएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments