Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-06-25

Karnali, Kalikot, Palata, Ward 4

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका–४ का २४ वर्षीय रकम बुढालाई असार ११ गते गिरफ्तार गरेको छ ।

कार्यालयबाट घर फर्कंदै  गरेकी युवतीलाई असार ११ गते साँझ ६ बजे यौन दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी श्याम ओलियाले जानकारी दिनुभयो ।

प्रहरीले मेलमिलापको लागि दबाब दिइरहेको इन्सेक जिल्ला प्रतिनिधिसँग पीडितले गुनासो गर्नुभएको छ  । तर, यस विषयमा डिएसपी ओलियाले आफूहरूले कुनै दबाब नदिएको र  बलात्कारको प्रयास शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको डाक्टर भिष्म पोखरेलले  बताउनुभयो ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments