Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-25

Karnali, Kalikot, Tilagufa, Ward 5

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलागुफा नपा–५ का १८ वर्षीय गोविन्द रोकाया र १९ वर्षीय नमराज चदारालाई असार १३ गते गिरफ्तार गरेको छ ।

भैंसी गोठमा असार ११ गते आरोपितहरुले पालैपालो बलात्कार गरेको पीडित बालिकाको आरोप छ । आरोपित विरुद्ध निवेदन आउना साथ गिरफ्तार गरी असार १३ गते मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी श्याम ओलियाले जानकारी दिनुभयो ।

बलात्कार घटनालाई आरोपित पक्षले गाउँमै मिलाउन खोजेपछि पीडित बालिकाले इन्सेक जिल्ला प्रतिनिधिलाई टेलिफोन गर्नुभएको थियो । इन्सेक प्रतिनिधिले डिएसपी ओलियासंग आवश्यक समन्वय गरेपछि तिलागुफा नपामा रहेको खल्लागाड प्रहरीचौकीमा पीडितले निवेदन दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार १३ गते तिलागुफा स्वास्थ्य चौकीमा गरिएको स्वास्थ्य चौकी इन्चार्ज बास्मती शाहीले बताउनुभयो ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments