Incident Reports

नागरिकता विद्येयकविरुद्ध बीरगञ्जमा नागरिक समाजको धर्ना

2020-06-29

Madhes, Parsa, Birgunj

वीरगञ्ज, १५ असार । नागरिकता विद्येयक विरुद्ध नागरिक समाजले वीरगञ्जमा धर्ना दिएका छन् । वीरगञ्जको घण्टाघरमा भेला भएको नागरिक समाजका अगुवाहरुले सरकारद्वारा जारी नागरिकता विद्येयक खारेज गर्नुपर्ने माग गरेका छन् । उनीहरुले कम्युनिष्ट सरकारले विभेदकारी नागरिकता विद्येयक जारी गरेकोले तत्काल फिर्ता गर्नुपर्ने भन्दै आफ्नो माग सम्बोधन नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक जारी गरी सदियौंदेखि चल्दै आएको नेपाल भारतबीचको रोटीबेटी सम्बन्धलाई विगार्न खोजेको आरोप लगाएका थिए । वर्तमान कम्युनिष्ट सरकारले आफ्नो एकलौटी तरिकाले जबरजस्ती नागरिकता विद्येयक लाद्न खोजेकोले भोलिका दिनमा नेपाल भारतबीच विवाद सृजना गराउन खोजेको भन्दै यस विद्येयकलाई तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।नागरिक समाजको धर्ना कार्यक्रममा विभिन्न राजनीतिक दलका पार्टी तथा नेता कार्यकर्ताहरुले समर्थन जनाएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments