Incident Reports

बलात्कार आरोपित बालकहरूलाई म्याद थप l

2014-03-21

Kiran Rai एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ र ११ वर्षीय दुई बालकलाई प्रहरीले चैत ७ गते जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेको छ । पीडित बालिकालाई घरमा कोही नभएको मौका छोपेर आरोपितहरूले फागुन २५ गते दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले फागुन ३० गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको आफन्तले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा कानुनी कारबाहीको माग गर्दै उजुरी दिएका थिए । पीडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको र थप उपचारपछि उनलाई घर फर्किइएको छ । आरोति बालकहरूले जबरजस्ती करणी गरेको बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis