Incident Reports

नागरिकता विधेयकलाई लिएर काठमाडौंमा जसपाको प्रदर्शन

2020-06-30

Bagmati, Kathmandu, Kathmandu

जनता समाजवादी पार्टीले संसदीय समितिबाट बहुमतका आधारमा नागरिकता विधेयक पारित भएको विरोधमा मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा विधेयकका विभेदकारी प्रावधान खारेजीको माग गरिएको थियो । 

जुलुसमा जसपाका महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राईलगायतका नेता सहभागी थिए । जसपाले नेपाली पुरुषसँग बिहे गरेर आउने महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रावधानप्रति आपत्ति जनाउँदै आएको छ । प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेताहरूले विभेदकारी प्रावधान खारेजीको माग गरे ।

अंगीकृत नागरिकताका विषयमा २०६३ सालको नागरिकता कानुनको व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने माग उनीहरूको थियो । सो व्यवस्थामा नेपाली पुरुषसँग विवाह गरेर आउने महिलाले चाहेमा तत्काल नागरिकता लिन सक्ने भन्ने छ । त्यसैले जसपाले नागरिकताबारे पछिल्लो विधेयकमा भएका केही प्रावधान खारेजीको माग गरेको हो । केही समयअघि राज्य व्यवस्था समितिबाट यो विधेयक बहुमतबाट पारित भएको थियो । मंगलबार नै जनकपुर, महोत्तरी, बारासहितका स्थानमा प्रदर्शन भएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments