Incident Reports

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

2020-02-24

Gandaki, Gorkha, Gorkha, Ward 13

गोरखा  :  सार्वजनिक शौचालयमा लगी जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा न। २ खोला गाउँ बस्ने वर्ष २९ को तुल बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेका हुन् । उनलाई गोरखाका २१ वर्षकी किशोरीलाई बिबाह गर्ने प्रलोभन देखाई अनुचित प्रभावमा पारी बिगतदेखि पटक–पटक यौन सम्पर्क राखेको र आफुले यौन सम्पर्क गरेको अश्लिल भिडियो बनाई सामाजिक संजालमा राखीदिने धम्की दिई गोरखा,तनहुँ र चितवन जिल्लाका विभिन्न होटल लजहरुमा बोलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । अन्तिम पटक २०७६ फागुन १२ गते गोरखा नगरपालिका १३ मझुवादेउराली स्थित शिव मन्दिर नजीक रहेको सार्वजनिकशौचालय लगी जबरजस्ती करणी गरेको भन्ने व्यहोरा सहितको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि गुरुङलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। । 

 


 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments