Incident Reports

मलखाद्य कालोबजारी गर्ने पक्राउ

2020-06-30

Madhes, Rautahat, Chandrapur, Ward 1

 कृषि सहकारीका नाममा मल खाद्य लगेर कालोबजारी गर्ने एक जनालाई रौतहट प्रहरीले फक्राउ गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वाडनं १ मा रहेका ३ वटा कृषि सहकारीको नाममा चन्द्रनिगाहपुरमा रहेको कृषि सामाग्री कंम्पनीबाट मल खाद्य लगेर महंगोमा कृषकलाइ बिक्रि गर्ने चन्द्रपुर १ बागमतीका सत्यलाल साहलाई केही दिन पहिला ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।
चन्द्रपुर १ बागमतीमा रहेको बागमती बचत तथा ऋण सहकारी ,श्रृजनसिल कृषि सहकारी र उन्नतीसिल महिला कृषि सहकारी संस्था र वडानं १ को सिफारिसमा कृषि सामाग्री कंम्पनीबाट सेटिङमा मलखाद्य लगेर राहुल खाद्य स्टोर्स बागमतीबाट महंगोमा बिक्रि बितरण गर्ने साहलाई प्रहरीले पक्राउ गरेर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखेको छ ।
पक्राउ परेका साहलाई कालोबजारी एैन अन्र्तगत कार्वाहीको प्रक्रिया अगाडी बढेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी तराई एक्सप्रेसलाई दिइएकाछन् ।
सहकारीको नाममा मलखाद्य लगेर किसानलाई चर्को मुल्यमा बेच्नुका साथै मकवानपुर सम्म कालोबजारी गरेको गुनासोका आधारमा साहलाई पक्राउ गरेको डिएसपी शाहीले बताए ।
कृषि सामाग्री कंम्पनीबाट मल कालोबजारीलाई दिन सिफारिस गर्ने तीन वटै सहकारीलाई समेत कार्वाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको भनाई रहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments

Related Reports