Incident Reports

पत्नीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार l

2014-03-21

Province 1, Bhojpur, Tyamkemaiyung

Kiran Rai पत्नीलाई कुटपिट गरेको आरोपमा कोट गाविस-६ का ३१ वर्षीय बलराम राईलाई प्रहरीले चैत ७ गते गिरफ्तार गरेको छ । खान लाउन नदिएको र जग्गा जमीन समेत बेच्न खोजेको भन्दै पत्नी ३० वर्षीय भीमकला राईले जग्गा रोक्का माग राख्दै प्रहरीमा उजुरी दिएपछि पीडितलाई पति बलरामले फागुन २७ गते कुटपिट गरेका थिए । भीमकलालाई पति बलरामले दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर घाइते बनाएका थिए । उनको हात र आँखामा पनि चोट लागेको छ । भीमकलाको उपचार हाल जिल्ला अस्पताल भोजपुरमा भइरहेको छ । भीमकुमारीलाई पति बलरामले कुटपिट गरेर सख्त घाइते बनाएको आरोपमा प्रहरीले सदरमुकाम नजिकैको देउरालीबाट गिरफ्तार गरेको हो । बलराम विरुद्ध अदालतमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बलरामले पत्नी भीमकलालाई मादक पदार्थ सेवन गरेर पटक-पटक कुटपिट गर्ने गरेको छिमेकी रमेश राईले बताए । विगतमा पनि बलरामले पत्नीलाई कुटपिट गर्नुको साथै घरबाटसमेत निकाला गरेका थिए । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis